वीरगन्ज, ८ भदौ । वीरगन्जमा आयोजना हुने भनिएको जनमत पार्टीको महाधिवेशन मौसम प्रतिकूल हुने पूर्वानुमानपछि सरेको छ।
वीरगन्जस्थित टाउन हलमा असोज ९ र १० गते हुने तय भएको महाधिवेशन अब असोज १७ गते शनिबारदेखि आयोजना हुने भएको छ।
जनमत पार्टीका प्रवक्ता चन्दन सिंहका अनुसार लगातार वर्षा हुने प्रक्षेपणपछि महाधिवेशनको मिति सारिएको हो। पार्टीका सचिवालय प्रमुख राजेश कुमार मण्डलले जारी गरेको विज्ञप्तिमा प्रतिकूल मौसम तथा चक्रवातको सम्भावनाका कारण तयारी पूरा भए पनि महाधिवेशन सारिएको जनाइएको छ।
Comments
Post a Comment