Menu


ताजा अपडेट्सहरुथप

विमानस्थलबाट साढे ५ किलो सेतो हेरोइन बरामद

news-feed-2 |
November 15, 2026
Featured

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ मूल्य बराबरको साढे ५ किलो सेतो हेरोइन बरामद गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोले थाइल्यान्डबाट काठमाडौं आएका एक भारतीय नागरिकलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको महाराष्ट्र निवासी ५२ वर्षीय रेवराज टिघारे रहेका छन्।

लागुऔषध नियन्त्रण ब्युरेका एसएसपी सुवास बोहराका अनुसार शनिबार बिहान शङ्का लागेर प्रहरीले उनको लगेज जाँच गर्दा खरायो र बिरालोको खानाका प्याकेटभित्र लुकाइएको अवस्थामा साढे ५ किलो सेतो हेरोइन फेला परेको हो।

बरामद गरिएको हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ। अनुसन्धान अधिकृतहरूका अनुसार उक्त हेरोइन प्रतिग्राम करिब ४० हजार रुपैयाँका दरले कारोबार हुने गरेको छ।

प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका टिघारे यसअघि पनि दुई पटक लाओसबाट काठमाडौं हुँदै भारत गएको खुलेको छ। उनको यात्रा विवरणमा जिम्बाब्वे, सुडान, बंगलादेश र कम्बोडियाको भ्रमणसमेत देखिएको प्रहरीले जनाएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments





देश $type=triple-post$count=3

समाचार $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3