११ असोज। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ पर्नुभएको छ । उहाँलाई गएराति साढे १२ बजे काठमाडौंको महाराजगञ्जस्थित निवासबाट पक्राउ गरिएको उहाँका भाइ प्रभु शमशेर जबराले जानकारी दिनुभएको छ ।
पक्राउपछि जबरालाई उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको बताइएको छ । घरमा पुगेका प्रहरीले ‘जेनजीको थ्रेट छ’ भन्दै उहाँलाई पक्राउ गरेको भाइ प्रभु शमशेरको भनाइ छ । पक्राउ गर्दा प्रहरीले पक्राउ पुर्जी नदिएको परिवारको दाबी छ ।
जबराले २०७५ साल पुस १७ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको थियो । २०७८ साल फागुन १ मा तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि उहाँ निलम्बनमा पर्नुभएको थियो ।
Comments
Post a Comment