Menu


ताजा अपडेट्सहरुथप

छठ पर्व मनाउन रास्वपा सभापति रवि लामिछाने पत्नीसहित जनकपुरधाममा, यस्तो छ तीनदिने कार्यतालिका

news-feed-2 |
November 14, 2026
Featured

जनकपुरधाम, २८ कात्तिक ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्षको छठ पर्व मनाउन जनकपुरधाम पुगेका छन्। पूर्वनिर्धारित कार्यसूचीअनुसार उनी आफ्नी पत्नी निकिता पौडेलसहित विमानमार्फत जनकपुर अवतरण गरेका हुन्। जनकपुर विमानस्थलमा ओर्लिने क्रममा उनको नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग समेत संक्षिप्त जम्काभेट भएको थियो।

रास्वपा मधेश प्रदेश कार्यालयका महामन्त्री मानिकुमार साहद्वारा जारी सूचनाअनुसार सभापति लामिछानेले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पवित्र गंगासागरमा विधिपूर्वक छठ पूजा गर्नुका साथै पार्टीका आन्तरिक र धार्मिक कार्यक्रमहरूमा सहभागिता जनाउनेछन्।

सभापति लामिछानेको जनकपुरधाम बसाइको मुख्य कार्यतालिका:

  • शनिबार (कात्तिक २८): दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गरेपछि दिउँसो २ देखि ४ बजेसम्म पार्टीका सबै तहका पदाधिकारीहरूसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया गर्नेछन्। साँझ ५ बजे छठको ‘खरना’ पूजा तथा तयारीका लागि निवासस्थानतर्फ प्रस्थान गर्ने तालिका छ।

  • आइतबार (कात्तिक २९): बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म जानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, मटिहानीस्थित लक्ष्मीनारायण मठ र जलेश्वरनाथ मन्दिरलगायतका आसपासका प्रसिद्ध धार्मिक स्थलहरूको दर्शन तथा अवलोकन गर्नेछन्। सोही दिन दिउँसो ३ बजेदेखि पवित्र गंगासागरमा आयोजना हुने छठको मुख्य पूजाअर्चना तथा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक अनुष्ठानमा सहभागी हुनेछन्।

  • सोमबार (कात्तिक ३०): बिहान ४ बजे गंगासागर घाटमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठ पर्वको समापन विधि पूरा गरेपछि बिहान ८ बजे जनकपुर विमानस्थलबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।

मधेश प्रदेश कार्यालयले सभापतिको भ्रमण तथा कार्यक्रमलाई व्यवस्थित बनाउन पार्टीका सम्पूर्ण तहका पदाधिकारी, सांसद, सदस्य र शुभेच्छुकहरूलाई आवश्यक समन्वय र उपस्थितिका लागि अनुरोध गरेको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments





देश $type=triple-post$count=3

समाचार $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3