Menu


ताजा अपडेट्सहरुथप

बीरगंजको प्रसिद्ध घडीअर्वा पोखरीमा छठपूजाको सम्पूर्ण तयारी पूरा, २७ लाख खर्च हुने अनुमान

news-feed-2 |
November 14, 2026
Featured

बीरगंज २८ कात्तिक ।

छठपूजाको सजावट र व्यवस्थापनका लागि देशभरि प्रसिद्ध मानिने वीरगन्जको घडीअर्वा पोखरी छठघाटमा यस वर्षको सम्पूर्ण तयारी पूरा भएको छ। छठपूजा व्यवस्थापन समितिले शनिबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी यस वर्षको तयारी र खर्च विवरण सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले यसपालि छठघाटको सजावट, सुरक्षा तथा व्यवस्थापनलगायतका कार्यमा कुल २७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिए।

खर्चको विवरण:

  • टेन्ट तथा पण्डाल सजावट: १२ लाख ५१ हजार रुपैयाँ

  • पुरस्कार तथा सम्मान: ७ लाख ५० हजार रुपैयाँ

  • सरसफाइ व्यवस्थापन: १ लाख १ हजार रुपैयाँ

  • भिडियो ग्राफी: ६२ हजार रुपैयाँ

  • सुरक्षा व्यवस्थापन: ६० हजार रुपैयाँ

सुरक्षा, प्रविधि र स्वास्थ्य व्यवस्था: सुरक्षा उपसमतिका संयोजक मुन्ना साहका अनुसार ब्रतालु, दर्शनार्थी र भक्तजनहरूको सुरक्षा तथा सहजीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी १ सय जना तथा घडीअर्वा स्पोर्ट क्लबका ५५ जना स्वयंसेवक परिचालन गरिनेछन्। साथै, सुरक्षालाई अझ कडा बनाउन सादा पोसाकमा समेत प्रहरी खटाइनेछ।

  • सिसिटिभी निगरानी: छठघाट परिसरभित्र २१ वटा र बाहिर १६ वटा गरी कुल ३८ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ।

  • स्वास्थ्य तथा आपत्कालीन सेवा: छठघाटमै विशेष प्राथमिक उपचार सेवा केन्द्र स्थापना गरिएको छ भने सम्भावित आकस्मिक घटनाका लागि एम्बुलेन्स र वारुणयन्त्र (दमकल) २४ सै घण्टा तयारी अवस्थामा राखिने प्रचारप्रसार उपसमितिका संयोजक प्रणय साहले जानकारी दिए।

प्रसिद्ध घडीअर्वा पोखरीमा यस वर्षको छठको अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने क्रममा आइतबार साँझ र सोमबार बिहान गरी १ लाख ५० हजारभन्दा बढी ब्रतालु तथा दर्शनार्थीहरू उपस्थित हुने अनुमान गरिएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments





देश $type=triple-post$count=3

समाचार $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3