Menu


ताजा अपडेट्सहरुथप

पार्टी र सरकारबीच कुनै विवाद छैन, मधेसमा परिवर्तन नआए अर्को पटक भोट माग्न आउँदिनँ: रवि लामिछाने

news-feed-2 |
November 14, 2026
Featured

जनकपुरधाम २८ कात्तिक ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि किसिमको विवाद वा समस्या नरहेको स्पष्ट पारेका छन्। शनिबार जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारलाई दिइने सल्लाह, सुझाव वा आलोचनालाई नकारात्मक रूपमा नबुझ्न आग्रह गरेका छन्।

कहिलेकाहीँ सरकारका कामकारबाहीमाथि गरिने रचनात्मक आलोचनालाई बाहिर ठूलो हल्लाखल्लाको विषय बनाउने गरिएको उल्लेख गर्दै उनले यस्ता हल्लामा विश्वास नगर्न आग्रह गरे। रास्वपा आफैँले बनाएको सरकारलाई सल्लाह र सुझाव दिनु आन्तरिक लोकतन्त्र बलियो हुनुको बलियो उदाहरण भएको उनको भनाइ छ। लोकतन्त्रमा पक्ष र विपक्षबिच हुने बहसहरूलाई पार्टीले सधैँ सकारात्मक रूपमा लिने उनले प्रस्ट पारे।

जनतालाई धोका नदिन कार्यकर्तालाई निर्देश: सम्बोधनका क्रममा सभापति लामिछानेले यसपटक जनताले रास्वपालाई ठूलो विश्वासका साथ अवसर दिएको बताए। यदि यो जनमतबाट पनि मधेसका जनताले ठोस परिवर्तनको अनुभूति गर्न सकेनन् भने आफू अर्को पटक भोट माग्न नआउने चुनौती दिए।

जनतालाई झुक्काएर भोट माग्ने राजनीतिक संस्कार र चरित्र स्थापित हुने हो भने त्यस्तो राजनीति आफूलाई कदापि स्वीकार्य नहुने उनको भनाइ थियो। मधेसी जनताको मुहारमा खुसी ल्याउने र उनीहरूको जीवनमा वास्तविक परिवर्तन देखाउने ऐतिहासिक अवसरलाई कुनै पनि हालतमा धोका नदिन उनले उपस्थित नेता तथा कार्यकर्ताहरूलाई कडق निर्देशन दिएका छन्।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments





देश $type=triple-post$count=3

समाचार $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3